नेकपा सांसदको डेरामा दिउँसै चो’री
काठमाडौं, कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको कोठामा दिउँसै चो’री भएको छ । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित डेरामा बुधबार दिउँसो चो’री भएको हो ।
आफू सिंहदरबार र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फु’टाएर नगद तथा गरगहना चो’री भएको सांसद गौतमले जानकारी दिए ।
नगद र सुन चाँदी गरेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चो’री भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। उनका अनुसार चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको छ । गौतम नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज हुन् ।


