सभापति देउवाले भने,- सरकार आफैमा कम्युनिष्ट होइन

सविन लामिछाने, तनहुँ । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार आफैमा कम्युनिष्ट नभएको बताउनुभएको छ । गोवर्धन शर्मा स्मृति कोष तनहुँले आयोजना गरेको प्रजातन्त्र सेनानी नेपाली काँगे्रसका नेता स्व.गोवर्धन शर्माको आत्मवृत्तान्त पुस्तक ‘मेरो जीवन यात्रा’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकार आफैमा कम्युनिष्ट नभएको तर, अहिले सरकार कम्युनिष्टहरुले मात्र चलाएको बताउनुभयो । विपक्ष भनेको सरकारको वैकल्पिक सत्ता रहेको हुनाले सबै थोकको कार्य गर्दा प्रतिपक्षले विपक्षलाई सोधेर गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली भूमिमा लोकतन्त्रलाई अपमान गरेको नेपाली कांग्रेसले सहन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–“सत्तामा पुगेकाहरुले लोकतान्त्रिक अधिकारलाई बाङ्गो टिङ्गो बनाउने तथा लोकतान्त्रिक अधिकारहरुलाई आफ्नो अनुकुलको बनाउन्छन्, कि भन्ने चिन्ता नेपाली काँगे्रसलाई रहेको छ ।” यसका सार्थ उहाँले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस कहिले पनि पछाडि नहट्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा.शशांक कोइरालाले पार्टीगत एकता र कार्यकर्ताहरु एकजुट हुनुपर्नेमा जोड दिएनुभयो । कांगे्रसका नेता स्व.शर्माको १०५ औं जन्मजयन्तीको अवसरमा उहाँको जीवनी यात्राको बारेमा प्रकाशन गरिएको पुस्तकको विमोचन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖