यी हुन कृष्णनगर घ’टनाका मुख्य आ’रोपी !
मनीष गुप्ता, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले प’क्राउ गरेको छ । शाहलाई शनिबार दिउँसो कृष्णनगरस्थित उनकै घरबाट प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।
लक्ष्मीपूजाको मूर्ति विर्सजनकाक्रममा यहाँ दुई स’मूहबीच विवाद भएको थियो । प्र’दर्शन र झ’डपसम्म भयो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु लगायो । प्र’दर्शन रोकिएन ।
सोक्रममा बिहीबार दिउँसो ‘प्रहरीले चलाएको’ गो’ली लागी २० वर्षीय भारतीय नागरिक सुरजकुमार पाण्डेको ज्यान गएको थियो । सीमा क्षेत्र बढनीमा घर भएका उनी कृष्णनगरमा चियापसल सन्चालन गरेर बस्दै आएका थिए ।

उक्त घटना निम्त्याउने मुख्य व्यक्तिकारुपमा पक्राउ परेका शाहउपर आरोप लागेको छ । शाहलाई कृष्णनगरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको प्रहरीले जनाएको छ ।
बिहीबार राति दुई पक्षबीच १० बुँदे सहमति भएसँगै लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । ‘पो’स्टमार्टम’पछि मृ’तकका आफन्तले शव बुझिसके । स्थानीय प्रशासनले कर्फ्युसमेत हटाइसक्यो ।


