खसी मागेको अडियो बाहिरिएपछि यसरी ध’म्क्याए कोहलपुरका डिएसपी शाहीले

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी हेमबहादुर शाही र तरुण दलका स्थानीय नेता केशर खड्काबीचको फोनवार्ता सार्वजनिक भएको छ । सुरुमा डिएसपी शाहीले तरुण दलका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएको हो ।

सार्वजनिक अडियोमा ठेक्का पट्टाको काम गर्ने खड्कासँग घनिष्ठ सम्बन्ध भएका बेला डिएसपी शाहीले प्रहरीलाई दशैं मान्न खसी मागेका छन् । चाडवाडमा खसी, पैसा माग्ने दाई–भाईको सम्बन्ध अहिले दुश्मनीमा परिणत भएको छ । तरुणदलका नेताका अनुसार आफूहरुले खसी नदिएपछि डिएसपी शाहीले दु’श्मनी लिएका हुन् ।

अडियो बाहिरिएपछि डिएपी शाहीले तरुण दलका नेता खड्कालाई फोनमार्फत दुश्मनी सुरु भएकाले अब तिघ्रा छे’डिदिन्छु भन्दै ध’म्क्याएका छन्, ‘तँ फुक्दै हिँड्, तेरो ति’घ्रा छेडिदिन्छु । तसँग वार नै भयो । मेरो नजरमा परिस् है भाई ।’

यो अडियो बाहिर आउनु अघि डिएसपी शाहीले नेपालगञ्जस्थित एउटा रिसोर्टबाट सन्दिपजंग शाहसहित ६ जनालाई नियन्त्रणमा लिए । विशेष सूचनाका आधारमा त्यहाँ पुगेको बताउने प्रहरीले शाहको गाडीमा पेस्तोल भेटिएको बताएका छन् । प्रहरीले भेटाएको पेस्तोल शाहकै भएको भनेर प्रहरीले दाबी गरिरहेका छ । यसैबीच डिएसपी शाहीले आफैले गोली लोड गरिरहेका अर्को भिडियो पनि बाहिरिएको छ । तर, डिएसपी शाही भने पेस्तोल भेटिइसकेपछि मुचुल्का उठाउदा पेस्तोल कस्तो अवस्थामा थियो भनेर देखाएको मात्र बताउँछन् ।

वास्तवमै यस विवाद के हो ? त्यो छानविनको विषय हो । तर, जुन अडियो सार्वजनिक भयो, त्यसले प्रहरीको नेता कार्यकर्ता र ठेकेदारसँग कस्तो सम्बन्ध छ ? भन्ने कुरा स्पष्ट पार्छ । प्रहरीका यस्तै सम्बन्धका कारण सोर्स–फोर्स र पैसा नहुनेले प्रहरीबाट न्याय पाउनेमा विश्वस्त हुन सकिरहेका छैनन् । न्यूज २४ नेपालबाट

ठेकेदारलाई डिएसपी हेम साहीको फोन,– ‘दशैं आयो एउटा खसी त दिने होला नी !’ – दियो पोष्टको यो अडियो बार्ता सुन्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।