नेकपा पाख्रीबासले ग’र्यो पार्टीका अग्रजहरुलाई सम्मान
धनकुटा खबर । पाख्रीवास नगरपालीका वडा नं ४ नेकपा वडा कमिटी धनकुटाले आज एक कार्यक्रमको वीच पार्टीका अग्रजहरुलाई सम्मान गरेको छ ।
पाख्रीवास नगरपालीका वडा नं ४ नेकपा वडा कमिटी धनकुटाका अध्यक्ष मदन राइको अध्यक्षता तथा संघस्य संसद एवम् नेपाल कम्युनिष्ट पार्टी धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ४ नं वडाका नेकपाका एक दर्जन बढी अगुवा अग्रजलाई सम्मान पत्र सहित फुलको माला र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि संघीय संसद एवम नेपाल कम्युनिष्ट पार्टी जिल्ला अध्यक्ष राईले कम्युनिष्ट पार्टीको नीति सिद्धान्त बिचार अनुसार नै अग्रजहरुलाई सधै सम्मान गर्दै उहाँहरुले दिएको जिम्मेवारी पुरा गर्नु पर्ने बताउनु भयो । उहाले पाख्रीवास नगरपालीकामा विकास निर्माणका काम तिब्ररुपमा भईरहेको बताउनु भयो ।

त्यस्तै नेकपा प्रचार प्रसार बिभाग धनकुटाका अध्यक्ष अर्जुन राइले पनि नीतिनिर्माण विकास तथा समृद्ध नेपाल नेपाल कम्युनिष्ट पार्टीले मात्र बनाउने बताउनु भयो । उहाँले कहिलेकही काम गर्ने क्रममा कमीकम्जोरी हुनसक्ने भएकाले पार्टी र जनप्रतिनीधि मिलेर सुधार गर्न आवश्यक रहेको भन्दै आगामी दिनमा पार्टीले आफ्नो कमि कम्जोरी सच्याउन र सचिनका लागि सचेत गराउने बताउनु भयो ।
कार्यक्रममा पूर्व शिक्षा मन्त्रि तथा पार्टीको प्रदेश कमिटी सदस्य धनमायाँ विस्वकर्मा, पाटी सचिवालय सदस्य तारा तितुङ, पाख्रीवास नगरपालीका इन्चार्ज नेत्र भण्डारी, वडाकमिटी पदाधिकारी सहित कार्यकर्ताहरुको उपस्थिति थियो ।


