सात वटै पालिकामा पालिका सम्मेलन र ६० वटै वडामा वडा सम्मेलन गर्ने कांग्रेस धनकुटाको निर्णय

धनकुटा खबर, पौष २ । नेपाली कांग्रेस धनकुटाले जिल्लाको सात वटै पालिकामा पालिका सम्मेलन र ६० वटै वडामा वडा सम्मेलन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय मेलमिलाप दिवसको दिन पौष १६ गते ६० वटै वडामा र पौष २६ गते शनिवार सात वटै पालिकामा पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । जसका लागि प्रतिनीधिहरु समेत पठाएको पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्यले वताउनुभयो ।

राष्ट्रिय मेलमिलाप कार्यक्रम र पालिका सम्मेलनका लागि खटाइएको प्रतिनीधिहरुमा छथरजोरपाटी गाउँपालिकामा सभापति अग्नी प्रसाद पौडेल, धनकुटा नगरपालिकाको लागि महासमिति सदस्य आनन्द सन्तोषी राई,महालक्ष्मी नगरपालिका संविधान सभा सदस्य तथा निर्वतमान सभापति मनोहर नारायण श्रेष्ठ, सागुरीगढी गाउँपालिका प्रदेश सभा सदस्य तथा महासमिति सदस्य लिला सुब्बा, शहिदभूमी गाउपालिका उपसभापति नविन किशोर शाक्य,पाख्रिवास नगरपालिका सचिव विजय सन्तोषी राई र चौविसे गाउपालिकामा कोषाध्यक्ष दिनेश राई रहनु भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

त्यसैगरी जिल्लाको सवै गाउपालिका र नगरपालिकाको सम्पूर्ण वडा मा समेत वडा सम्मेलनका लागि प्रतिनिधिहरु खटाईएको पाटीका जिल्ला कोषाध्यक्ष दिनेश राईले वताउनु भयो । यसैवीच नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाको आयोजनामा सिधुवाबजारमा यही पौष ५ गते पूर्व मन्त्री तथा प्रभावशलाी केन्द्रिय सदस्य मिनेन्द्र रिजालको प्रमुख आथित्यमा हुन लागेको आमसभालाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय समेत गरेको सचिव राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖