महाधिवेशनसम्म झ’ग’डा नगर्ने कांग्रेस नेताहरुबीच सहमति
काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पछिल्लो समय एकताको वातावरण बन्दै गएको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग सभापति शेरबहादुर देउवाले सहमतिको लागि अथक प्रयास गरेका थिए । उनको प्रयासस्वरुप दुवै समूह एक ठाउँमा उभिन राजी भएका हुन् । पार्टीको १४औं महाधिवेशनसम्म पार्टीभित्र कुनै वि वाद राख्न न हुने निश्कर्षमा शीर्ष नेताहरु पुगेको देउवानिकट उच्च स्रोतले जनाएको रिपोर्टर्स नेपालमा खबर छ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो समय लिएका निर्णयलाई लिएर बरिष्ठ नेता पौडेल समूहका नेताहरु रुष्ट बनेका थिए । उनीहरुले पार्टीका कुनैपनि बैठकहरुमा सहभागी नजाउने भन्दै बहिष्कारको चेतावनी दिएका थिए ।
तर, पार्टीभित्रबाट यस्तो बेलामा झगडा गर्न नहुने भन्दै शीर्ष नेताहरुलाई मिलेर अघि बढ्न दबाब आएपछि सभापति देउवाले असन्तुष्ट नेताहरुसँग व्यक्तिगत र सामूहिक भेटवार्तालाई तिव्रता दिएका हुन् । हालैमात्रै उनले आफ्नो निवासमा बोलाएर पौडेल समूहका नेताहरुसँग ‘लञ्च–मिटिङ’ गरेका थिए ।
कांग्रेसमा तेस्रो समूहको नेतृत्व गरिरहेका कृष्ण प्रसाद सिटौलासँगपनि सभापति देउवाले छुट्टै छलफल गरेका छन् । देउवा–सिटौलाबीचको छलफलपनि सहमतिउन्मुख रहेको छ । स्रोतकाअनुसार कांग्रेस शीर्ष नेताहरुबीचको आन्तरिक द्वन्द्वको खतरा भने तत्काललाई टरेको छ । आगामी महाधिवेशनसम्म कुनै विवाद र कलह नगर्ने उनीहरुबीच सहमति बनेको छ ।


