‘नाम मात्रको सं’घीयताले प’रत’न्त्रताको अ’न्त हुँदैन’ : उपेन्द्र यादव

घनश्याम मिश्र, जनकपुरधाम, माघ ३ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परत’न्त्रताको अ’न्त नहुने बताएका छन् ।

पार्टीले आजबाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले मधेश जनवि’द्रोले उठान गरेको संघीयताको मर्ममाथि कु’ठाराघा’त गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शो’षित पी’डित वर्गको उत्थान सम्भव नरहेको बताए।

उनले भने,‘ मधेश आन्’दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मागेको थियो तर अहिलेको संघीयताले ती मु’द्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’संविधानको संशोधन नभए सम्म मधेशी, आदिवासी, जानजाति, दलित, मुश्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने उल्लेख गर्दै उनले त्यसको लागि पुनः संघर्षको आवश्यकता रहेकोले पार्टी संगठन विस्तार तथा सुदृढिकरणमा जुटेको बताए ।

अबको तीन महिना पार्टीलाई दिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले अभियानमा नजुट्ने नेता कार्यकर्ताहरुको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने भन्दै स’चेत समेत गराए ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभए सम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गरे । उनले पार्टी भित्र रहेको गुट उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढि करणमा जुटन निर्देशन दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖