सभामुख चयन गर्न नसकेको भए हामीलाई देउ, हामी चलाइदिन्छौँ : देउवा

विराटनगर । सभामुखको बिषयलाई लिएर सत्तारुढ दलका शीर्ष नेताहरु ध्रुविकरणमा गइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कटाक्ष गरेका छन् । देउवाले नेकपाभित्र सभामुख हुने ब्यक्ति नभेटिए नेपाली कांग्रेसलाई दिन आग्रह गरेका छन् ।

‘सत्तारुढ दलले यति लामो समयसम्म एउटा पनि सभामुख भेटाउन सकेको छैन, हामीलाई दिए एक घण्टामा निर्णय लिन्छौ र संसद चलाइ दिन्छौ’ देउवाले भने ‘सभामुखको खोजि गर्दा संसदलाई बन्धक बनाउन पाइदैन ।’ सत्तारुढ दल नेकपाले सभामुखमा निर्णय लिन नसकेपछि देउवाले यस्तो कटाक्ष गरेका हुन् ।

‘सभामुखको खोजि गर्दा संसद बन्दक बनेको छ, संसद खुलेपछि हामी सदनमै प्रतिवाद गछौ’ बुधवार विराटनगरमा देउवाले भने ‘‘सभामुखलाई लिएर संसदलाई बन्धक बनाउन पाइँदैन । नेकपाले सभामुख चयन गर्न सक्दैन भने कांग्रेसलाई दिनुहोस्, हामी चलाइदिन्छौँ।’

देउवाले कांग्रेसभित्र अब कुनै विवाद नभएको जिकिर समेत गरे । ‘कांग्रेसभित्रको आन्तरिक विवाद हल भइसकेको छ । सवैसँग कुरा पनि मिलिसकेको छ’ देउवाले भने ‘सवै तहमा निर्धारित समयमै चुनाव हुन्छ । तपाईहरु सवै पार्टीको आन्तरिक चुनावमा लाग्नुहोस् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।