पूर्वमाओवादीबाट सभामुख बनाउन ओली सहमत, यसरी गले ओली

काठमाडौं । सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र वि वाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन्।

स्रोतका अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफूविरुद्ध गठबन्ध बनाउन थालेपछि प्रधानमन्त्री दबा बमा परेका खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

‘सरकार सहज हुने गरी संसद संचालन गर्ने प्रतिवद्धताका आधारमा सभामुख पूर्वमाओवादीलाई पनि दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नु भएको छ,’ एक नेताले भने।

बोलचालै नभएको पाँच दिनपछि बिहीबार ओली र दाहालले करिब साढे दुई घण्टा छलफल गरेका थिए। ‘बिहीबारको घट नाक्रम जसरी अघि बढेका छन्, त्यसलाई हेर्दा पूर्वमाओवादी समूहमै सभामुख पद रहने देखिएको छ,’ पूर्वएमाले समूहकै एक नेताले भने, ‘बरु अहिले चर्चामा रहेका पात्रहरु भन्दा फरक व्यक्तिको नाम सभामुखमा आउन सक्छ।’

माओवादी पक्षबाट दाहालले अग्नी सापकोटालाई अघि सार्न खोजेका छन्। सापकोटाको प्रतिस्पर्धीको रुपमा पम्फा भुसालसँगै अब हरिबोल गजुरेलको नामसमेत भित्रिएको स्रोतको दाबी छ।

दाहालले बिहीबार बालुवाटारबाट फर्केपछि आफूनिकट नेताहरुलाई वार्ता सकारात्मक भएको र मिलेरै अघि बढ्ने समझदारी बनेको सन्देश दिएका थिए। ओली र दाहालबीच शुक्रबार पनि छलफल हुँदैछ।

दुाई अध्यक्षको छलफलबाटै सभामुख टुंगो लागे त्यसलाई औपचारिकता दिन सचिवालयको बैठक बस्ने छ। उम्मेदबार तय भएको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि राजीनामा दिने बताइसकेकी छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।