नेकपामा कहिले कृष्ण कहिले विष्णु कहिले गोकुल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु भन्ने गर्छन् कि यो पार्टी श्रमजीवी, सर्वहारा वर्गको पार्टी हो । हुन पनि कम्युनिष्टहरुको लोगो मै हसियाँ हथौडा हुन्छ । उनीहरुले गरिब, किसान, भूमिहिनहरुका लागि काम गर्छौं भन्ने गर्छन् । तर केही समय यता नेकपाका नेताहरुको आर्थिक हैसियत र कर्म हेर्ने हो भने काम र नामबीच तादाम्यता मिलेको जस्तो देखिदैन ।

पछिल्लो समय धार्मिक नाम तर अधार्मिक कर्ममा तीन कम्युनिष्ट नेता विवादित बनेका छन् । कृष्णबहादुर महरा तीन महिना जेल बसेर हालै छुटे । बलात्कार प्रयासको अभियोगमा उनी जेल परे तर बाहिर निस्के । उनलाई अदालतले सफाइ त दियो, तर अनैतिक कर्मको कुनै हिसाबकिताब हुन सकेन । रातको समयमा पति नभएको बेला, पत्नीकहाँ रक्सीको बोतल लिएर जाने, ती महिलालाई कुटपिट गर्ने आदि काम प्रमाणित सत्य छन् । यो कुरालाई अदालतले हेर्दै हेरेन । महरा छुट्दा धेरैले भने, ‘यो सत्यको जित हो कि सत्ताको ? बुझ्न सकिएन ।’

५३ सालसम्मका सुकुम्बासी विष्णु पौडेलबारे एक छिनमा चर्चा गरौंला । अहिलेका हट केक गोकुलप्रसाद बास्कोटाकै कुरा गरौं ।
सेक्युरिटी प्रेससम्बन्धी ठेक्कामा ७० करोड कमिसनको सेटिङको अडियो रेकर्ड हाम्रो कुरा डटकमले सार्वजनिक गरेको छ । यो अडियो रेकर्डमा कर्मचारीहरुप्रति मन्त्री बास्कोटाको सोचाइ कति तल्लोस्तरको रहेछ भन्ने उनको ‘मु…..’ शब्दले नै प्रष्ट पार्छ ।

हरेक पटकको पत्रकार सम्मेलनमा पत्रकारलाई कुनै न कुनै प्रकारको पाठ पढाउने बास्कोटा आफूलाई आदर्श र नैतिकताको एक प्रतिबिम्ब नै ठान्थे ।

उनी प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रपिताको रुपमा सम्मान गर्थे र आफूलाई राष्ट्रकै पुत्र अर्थात राष्ट्रपुत्र हुँ जस्तो गर्थे । गएको मंगलबार धुलिखेलमा त प्रधानमन्त्रीले उनको प्रशंसा गर्दै भनेका पनि थिए, ‘काभ्रे यस्तो जिल्ला हो, जहाँ गोकुल बास्कोटा जस्ता प्रतिभाको जन्म भएको छ ।’

यिनै बास्कोटा अहिले विवादमा तानिएका छन् । नेकपाकै नेता कार्यकर्ताहरुले छानविनको माग गरिरहेकाछन् ।

अब्, एक लाइनमा विष्णु पौडेलको चर्चा गरौं । विष्णु पौडेलले छोरा नविनका नाममा ५३ सालमा बुटवलको दीपनगरबाट सुकुम्बासीका रुपमा ऐलानी जग्गा हात पारेका थिए । त्यो बेला उनीहरु सुकुम्बासी भने थिएनन् । नवलपरासीको भूताहामा विष्णुकी पत्नीको नाममा १३ कठ्ठा जमिन थियो । तीनै विष्णुका पुत्र नविनले ६१ सालमा बालुवाटारमा ८ आना जमिन ४ लाखमा किने । अवैध जमिन थाहा पाएरै उनले किनेका थिए । कारबाहीको डरले फिर्ता गर्छु भने । अख्तिायरले पनि फिर्ता लिने प्रबन्ध मिलाएर विष्णुका पुत्रलाई कारबाही प्रक्रियाबाट उन्मुक्ति दियो ।-विकास टाइम्सबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।