भ्र ष्टाचार प्र माणित भए नेकपामा स्थान र हँदैन : नेता अधिकारी

पाेखरा,फागुन १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताएका छन्।

आधिकारिक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको ११औँ एकता अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आरोप लाग्दैमा सत्य नहुने र कसैले भ्रष्टाचार गरेको प्रमाणित भएको खण्डमा पार्टी सदस्यबाट निलम्वन मात्र होइन जेल जान तयार हुुनुपर्ने उल्लेख गरे।

पार्टीको गण्डकी प्रदेश कमिटीका सहइञ्चार्ज रहेका नेता अधिकारीले अहिले कम्युनिष्ट पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र पार्टी फुटाउने कोसिस भएको उल्लेख गर्दै भने, ‘अहिले हाम्रो पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र आक्रमण गर्ने प्रयास भएको छ। पार्टी फुटाउने सम्मको कोसिस गरिएको छ, फुटेको पार्टी जुटेर आएका छौँ, त्यसैले त्यस्तो प्रयास पूरा हुन दिँदैनौँ।’

नेता अधिकारीले पार्टीको नीतिको कारण नेपालमा लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै नेपालको आम्दानीको मुख्य स्रोत बिजुलीको उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने धारणा राखे। अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत विद्युत्को प्रसारणलाइनलाई अन्तरदेशीय बनाउन लागेको चर्चा गर्दै उनले एमसिसी राष्ट्रियहित अनुकूल नभए सच्याउनुपर्ने स्पष्ट पारे।रासस

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।