कोरोना भा इरस : भ्र म र य थार्थको विशेष ए पिसोड, का लोबजारी गर्नेको भि डियो खि चेर पठाए पुरस्कार (भिडियो)
काठमाडौं, २५ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. मुलुकभर सर्जिकल माक्सको अभाव
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९’को सं क्रमण विश्वका ७० भन्दा बढी देशमा देखिएता पनि अहिलेसम्म नेपालमा भने देखिएको छैन ।
कोरोना भा इरसको संक्रमण नदेखिएता पनि नेपाली जनजीवन तरंगित बनिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने मुख्य उपाय मध्ये एक हो ‘माक्स’ ।
तर, अहिले नेपाली बजारमा माक्सको अभाव मात्रै होइन, का लोबजारी समेत मौलाउन थालेको छ । हामीले केही दिन अगाडि काठमाडौंका विभिन्न फार्मेसीहरुमा पुगेर माक्सको बारेमा अनुगमन गर्दा अधिकांशले ‘नो माक्स, सरी’ भन्ने सूचना टाँस गरेका पायौं ।
त्यस्तै, फार्मेसी सञ्चालकहरुले माक्स उपलब्ध गराउने डिलरले नै ९ सय रुपैयाँमा पाइने माक्सलाई १५ सयदेखि १८ सय रुपैयाँसम्म लिन थालेपछि माक्स बेच्न नसकिएको बताएका छन् ।
२. बजारमा कृतिम अ भाव सिर्जना गर्नेलाई का रबाही गरिने
काठमाडौं, २५ फागुन । कोरोना भा इरसका कारण विश्वकै अर्थतन्त्र खस्किइरहेको समयमा नेपाली बजारमा पनि त्यसको असर पर्ने स म्भावना छ । जसको फाइदा उठाउँदै बि चौलियाहरुले अत्यावश्यक वस्तुको आपूर्तिमा बाधा सिर्जना गरिरहेका छन्, भने अर्कोतर्फ उपभोक्ताहरु आत्तिन थालेका छन् ।
अभाव हुने डरकै कारण उपभोक्ताले दाल, चामल, नुन, तेल, ग्याँस लगाएतका सामग्रीहरुको खरिदलाई नियमित भन्दा बढाएका छन् ।
यसैबीच सरकारले छ महिनालाई पुग्ने खाद्यान्न र एक महिनालाई पुग्ने ग्यास स्टक भएको बताउँदै आएको छ ।
३. ‘डब्ल्यूएचओ’को सुझाव : ‘आ तंकित नबनौं, सावधानी अपनाऔं’
काठमाडौं । कोरोना भा इरस ‘कोभिड–१९’ ले विश्वभर त्रा स फैलाएको छ । ८५ भन्दा बढी देशमा सं क्रमण देखिएको छ, भने हालसम्म ३५ सय मानिसले ज्या न गु माइसकेका छन् ।
प्रकोप विश्वव्यापी बन्दै जाँदा भाइरससँगै विभिन्न भ्रम र हल्लाका कारण पनि त्रा स बढेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रा मक अ फवाह फैलाएको भन्दै भ्र म हटाउन १५–बुँदे सुझाव सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट कोरोना भा इरसका सन्दर्भमा भ्रम र त्रास पैदा भएपछि विश्व स्वास्थ्य संगठन स्वयंले १५ बुँदे सुझाव सार्वजनिक गरेको हो ।


