कमल थिङलाई मृ त्यु द ण्डबाट बचाउन डा. गोपाल गुरुङद्वारा १ लाख ३० हजार बढी सहयोग ह स्तान्तरण

काठमाण्डौ । वै देशिक रो जगारीको सिलसिलामा कतार पुगेका कमल थिङ सन् २०१८ सेप्टेम्बर ८ तारिखमा एक आपसमा जिस्किने क्रममा कतारमै अचानक दु र्घटना भई धनुषा जिल्ला घोडघाँस–३ का शिबरतन राउतको अ कल्पनीय मृ त्यु हुन पुगेकोले थिङलाई ६ महिना जे ल र ब्ल डमनी तिर्नको लागि कतारी रियाल २ लाख अर्थात नेपाली ६० लाख क्ष तिपूर्ति बुझाउनु पर्ने कतारको अदालतले फैसला सुनाएको थियो । यदि ब्ल ड मनि भुक्तानी गर्न नसकेमा सरकारले आ ममाफी नदिने र दो षीलाई मृ त्यु द ण्ड समेत दिन सक्ने अधिकार हुने भएको हुँदा कमल थिङ बचाउ अभियानमा सबै जुटे ।

यहि अभियानमा मंगोल नेशनल अर्गनाइजेशन–डा. गोपाल गुरुङ प्रवास कतार जु्टेको थियो । फलस्वरुप छोटो समयमा मलेसिया साउदीबाट सहयोग जुटाउनमा सफलता मिल्यो प्रबास कतारलाई । जुटेको रकम संघीय सभालाई प्राप्त भयो । यसैबीच संघीय सभाले कमल थिङको उद्धारको लागि उठेको सहयोग रकम रु.१ लाख ३० हजार ३ सय ७ रुपैया हस्तान्तरण गरेको छ ।

संगठनको कार्यालय सुकेधारामा एक कार्यक्रमकाबीच पीडित थिङका परिवार चिनिमाया तामाङ र “कमल थिङ बचाउ”अभियन्ता इन्द्र गोलेलाई फागुन २७ गते मंगोल नेता शेरप तामाङले हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण गर्दै नेता तामाङले मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले कमल थिङ बचाउको लागि बलडमनी तिर्नु पर्ने भएकोले सानो भएपनि सहयोग हस्तान्तरण गर्न पाएको छ । यस्तै सानो सानो सहयोगले कमल थिङ सकुसल नेपाल फर्किनु हुनेछ भन्ने आशा राखेका छौ । नेता तामाङले भन्नु भयो ‘बैदेशिक रोजगारमा सकेसम्म जान नपरोस् त्यसको व्यवस्था नेपाल सरकारले गर्नु पर्छ, त्यसको दबाब हाम्रो संगठनले दिदै जानेछ ।’

प्रवास सभा कतारको मुख्य पहलमा साउदी अरब, मलेशिया लगायत विभिन्न मुलुकबाट सहयोग जुटाइ समाजिक कार्यमा जुट्ने प्रवासी मंगोल अभियनताहरुलाई संघीय सभाले धन्यावाद ज्ञापन पनि गरेको छ । यसरी नै आगामी दिनहरुमा पनि पीडितहरुको न्यायको लागि जुट्न आव्हान गरेको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन–डा. गोपाल गुरुङ संगठनका सघिय सदस्य दिलु राई, बिक्रम लिम्बू, प्रबास मलेसियाका अध्यक्ष जिबी गुरुङ, दोलखा जिल्ला अध्यक्ष आकाश थामी लगायतका अन्य नेताकार्यकर्ता समेत सहभागी हुनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।