छोरीको जन्म भएको ९ दिन मात्रै भएको थियो, स्टाटस लेखेको तीन घण्टा नबित्दै अ’स्ताए नविन !

धनगढी: वैदेशिक रोजगारीमा जान थालेको १२ बर्ष भईसकेको थियो, कैलालीको लम्कीचुहा नगरपालिका-६ का नन्दलाल (नविन) कार्कीलाई । बिदेशमा रोजगारीकै क्रममा पनि उनी धेरै सामाजिक कार्यमा सक्रिय थिए । सुदूर पश्चिम नेपाली समाज कोरियाका अध्यक्ष भएका थिए भने नेपाली जनसम्पर्क समिति कोरीयाका उप सभापति भईसकेका थिए।

कोरियामा रहेका विभिन्न संघसस्थामा उनको आवद्धता पनि बढ्दै गएको थियो। कोरियामै रोजगारीका क्रममा समस्यामा परेका सुदूरपश्चिमवासीको उद्धारमा पनि उनी सक्रिय थिए भने सुदूरपश्चिमवासीका हरेक घाउँमा मल्हम लगाउन उनी तल्लिन थिए। झण्डै डेढ बर्ष अगाडी कोरियामा रोजगारीमै रहेका बेला कार्कीले एउटा दुखद खवर पाए, ‘दुई छोरा छोडेर घरबाट श्रीमती भागेको।’

त्यो खवर पाएपछि उनी प्रक्रिया मिलाएर घर आए। सबै सम्पत्ति श्रीमतीको नाममा भएकाले उनलाई चिन्ताले पिरोलिरहेको थियो। घर पुगिसके पछि केही भएपनि घरजग्गा फिर्ता हुन्छ कि ? भन्ने अ’पेक्षा सहित सोही प्रक्रियामा सुरु गरे । घरजग्गा त फिर्ता भयो तर उनले कमाएको एक करोड ६९ लाखको भने लेखाजोखा नै भएन्। नविनका एक आफन्तले भने, ‘भागिसकेपछि नविनकी श्रीमतीले २६ लाख रकम लिपस्टिक मै सकिएको भनिन्।

एक करोड ६९ लाखमा नविनले कति पनि पाएनन्।’ दुई छोराको पालन पोषणका लागि पनि सहज होस भनेर गत मंसिरमा मात्रै उनले दोश्रो विवाह गरे। विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति नपाएपछि उनी मानसिक रुपमा पनि कमजोर बन्दै गएका थिए ।सोही कारणले नविनको म’दिरा से’वन गर्ने क्रम पनि बढ्दै गयो। तर पनि परिवारको पालनपोषणमा जुटेका थिए नविन्।

कान्छि श्रीमतीबाट छोरीको जन्म भएको ९ दिन मात्रै भएको थियो, नविन स्वास्थ्यमा स’मस्या देखिएको भन्दै कोहलपुर मेडिकल कलेज बाँके तर्फ लागे । डाक्टरले उनको छाती र फोक्सोमा समस्या देखाए र अस्पताल भर्ना गराए । दोश्रो दिन अस्पतालको शैयाबाटै नविनले फेसवुकमा स्टाटस लेखे, ‘कस्तो जिन्दगी वि’रामीको पत्तै लागेन आज के हुन्छ हेरौँ।’

स्टाटस लेखेको तीन घण्टा मात्रै र उनलाई आईसियुमा राखेर उपचार सुरु गरेको डेढ घण्टा मात्रै भएको थियो नविनले १० दिने छोरीलाई मात्रै होईन संसार नै छोडे। सधैका लागि।पुत्री लाभले खुसी भएकी नविनकी श्रीमतीमाथि त ब’ज्रपातनै पर्‍यो। ४० बर्षको उमेर मै अस्ताएपछि अहिले नविनकी १० महिने छोरी मात्रै होईन पहिलो श्रीमतीले छोडेर गएका दुई छोरा (जेठो कक्षा ९ र कान्छो कक्षा ४ मा अध्ययनरत) र श्रीमती बेसहारा भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।