खबपूलाई सन्तोष पन्तको व्यं,ग्य,- हिमेश पन्तले १५ लाख दिए मैले विजेता बनाइदिए

काठमाडौ । कमेडी च्याम्पियनको विजेता हिमेश पन्त भएसंगै खड्ग बहादुर पूनका समर्थकहरुले वि,रोध जनाएका थिए । यहि विषयमा उक्त शोका निर्माता देखि जजहरुले स्पष्टिकरण दिंदै आएका छन् ।

यहि विषयमा शोका एक जज सन्तोष पन्तले खुलेर भनेका थिए कि हिमेश पन्तले १० लाख भोटले खबपूलाई जि,तेका हुन् । आज सन्तोष पन्तले क्यानाडा नेपालसंग कुराकानीमा खबपू माथि व्यं,ग्य गर्दै भने, “हो मैले पन्त पन्त भनेर हिमेशलाई जिताएको हुँ ।

अब हिमेशले मलाई १५ लाख दिन्छ र आफु १० लाख राख्छ । अब मैले यो भन्दा कसले पत्याउँछ ? के म मात्र जज थिएँ त्यो कार्यक्रममा ? यस्तो हावा वि,रोध गरेर हुन्छ । जसले धेरै भोट पायो उसैले जितेको हो कुनै जातिवादी कुराले होईन ।”

सन्तोष पन्तले खबपूका समर्थकले गरेको विरोधलाई विश्लेषण गर्दै भने, “वहाँहरुले विरोध गर्नुको कारण जायज पनि छ । आफुहरुले भोट दिएकोले गर्दा जित्नुपर्छ भन्ने तर्कले हो तर यो सधै हुदैन र यो प्रजातान्त्रिक तरिका समेत भएन । आएको निर्णयलाई स्विकार्नु जरुरी छ र यो संस्कारलाई अगाडि बढाउन जरुरी छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖