कोरोनाको त्रा स : गाउँघर अ सुरिक्षत बन्दै, शहर सु रक्षित हुँदै

दैलेख । विश्वभरि म हामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो ।विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ ।

जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैय्या तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैय्या तयार पारिएको छ, न त आइसोलेशन शैय्या नै ।ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको स ङ्क्रमण फैलिने त्रा स बढेको ठाटीकाँध– १ का नामबहादुर शाहीले बताए।

“गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रा स फैलाएको छ । क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ”, उनले आ रोप लगाए ।“हेल्थ डेस्क राकममा छ । त्यहाँभन्दा सात्तला, टुनीवगर, सिगौडी घर भएका मानिस स्वास्थ्य चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाइन छैन् । क्वारेन्टाइन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन्”, आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए ।उनले भने, “गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् ।

स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जनचेतना जगाउने काम गरेको छैन । सूचना जारी मात्र गरेको छ । यसले जोखिम बढाएको छ ।”त्यसैगरि कोभिड– १९ सङ्क्रमणबाट बच्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयवासीमा जनचेतना फैलाउने काम गरेको छ भने भने कर्णाली राजमार्गस्थित साँगेतडा बजार र मध्यपहाडी राजमार्गको पादुकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए ।सङ्क्रमणलाई फैलिन नदिनका लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने निर्णय गरेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।

सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो । उनले भने, “भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने निर्णय भएको छ ।” भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीयवासी तथा विदेशी नागरिकलाई स्वास्थ्य चेकजाँचका लागि पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।भारतलगायत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण वडासचिव मार्फत सङ्कलन गर्ने गाउँपालिकाले जनाएको छ ।

दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र विनायकमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, “हामीले सबै वडाअध्यक्षलाई भारत वा विदेशबाट फर्किएकाको लगत सङ्कलन गर्ने काम गरेका छौं । ती सबैलाई स्वास्थ्य चेक जाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई घरदैलो अभियानामा खटाउने छौं ।”जिल्ला विपद् व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विदेशबाट वा तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने नगरप्रमुख घनश्याम भण्डारीले बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।