मलेसियामा ‘लकडाउन’को अवधि थप दुई हप्ता लम्बियो, नेपालीलाई समस्या भए यो नम्बरमा फोन गर्नुहोस
काठमाण्डौ । मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो । यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना सं,क्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।
मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताउनुभएको छ । प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गर्नुभएको छ ।
मलेसियामा पछिल्लो समय सं,क्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना स,ङ्क्रमण देखिएको छ । अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना सं,क्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गु,माइसकेका छन् ।
वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।


