लकडाउनको पालना नभएको मुख्यमन्त्री राईको निष्कर्ष – क,र्फ्यूसम्म लगाइन सक्ने चे,तावनी

तारा आचार्य, विराटनगर । प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले लकडाउनको पालना नभएको निष्कर्ष निकाल्नु भएको छ । कोरोना भा,इरसको सं,क्रमण फै,लिन नदिन लकडाउनलाई कडाईका साथ पालना गराउनुपर्ने बताउँदै मुख्यमन्त्री राईले लकडाउन पालना नभएको ठाँउमा क,र्फ्यूसम्म लगाउन सकिने चे,तावनी दिनुभएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चारकर्मीसंग छलफल गर्दै मुख्यमन्त्री राईले लकडाउन पालना नगरिए जोखिम बढ्न सक्ने भएकाले लकडाउन पालना नभएको ठाँउमा क,फ्र्यु लगाएर भएपनि पालना गराउने स्पष्ट पार्नुभयो । उहाँले कोरोना भा,इरससंगको यु,द्धमा प्रदेश सरकारले लकडाउन पालना र खाद्य आपूर्ति व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले राहत वितरणलाई प्रभावकारी बनाउन कोरोना उपभोक्ता कार्ड मार्फत खाद्यान्न सामग्री वितरणको तयारी प्रदेश सरकारले गरेको जानकारी दिनुभयो । सो छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले कोरोना भा,ईरसको सं,क्रमण रोक्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरु बारे सुझाव दिएका थिए ।

यसैबीच कोरोना जनसुर,क्षा कोषमा विराटनगरस्थित सिटिजन्स बैंकले ७ लाख रुपैया प्रदान गरेको छ । एक कार्यक्रम बीच सो चेक बैंकका प्रमुखले मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभयो । यसैगरी जीवन विकास समाजले ५ हजार कोरोना प्र्रभावित गरीब परिवारलाई खाद्यान्न वितरण गर्न ५० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ । समाजले उपलब्ध गराएको खाद्यान्नमा प्रति परिवार १० किलो चामल, ५ किलो आलु, १ केजी नुन र एक लिटर दुध वितरण गरिने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।