२ मिनेटमै कोरोना परीक्षण गर्ने किट प्रयोग गर्न अमेरिकाले दियो अनुमति

वासिङ्टन । अमेरिकाले दुई मिनेटमै कोरोना भाइरस ‘कोभिड १९’ परीक्षण गर्ने किट प्रयोगमा ल्याउन स्वीकृति दिएको छ। अमेरिकी स्वास्थ्य विभाग अन्तर्गत खाद्य र औषधि प्रशासन ‘एफडीए’ले कोरोना भाइरस दुई मिनेटमै परीक्षण गर्ने किट प्रयोगमा ल्याउन अनुमति दिएको हो।

बडिस्फियर कम्पनीले उक्त परीक्षण किट निर्माण गरेको हो। जसले मानिसको शरीरमा भाइरस छ या छैन भनेर दुई मिनेटमै नतिजा दिनेछ। अमेरिकामा कोरोना सं,क्रमित र मृतक दर तीव्र गतिमा बढ्दै गएको समयमा अमेरिकी वैज्ञानिकहरले कोरोना भाइरसको परीक्षण नतिजा छिटो दिनसक्ने प्रविधि तयार पारेका हुन्।

बडिस्फियरको यस कोरोना परीक्षण गर्ने किट अमेरिकामा कोरोना नियन्त्रण गर्न कोशेढुंगा सावित हुने विश्लेषण गरिएको छ। यसै हप्तादेखि सोही परीक्षण किटको सहयोगमा अमेरिकाले दैनिक ५० हजार कोरोना परीक्षण गर्ने लक्ष्य राखेको छ।

अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५९२ कोरोनाले बिरामी परेका छन्। त्यहाँ हालसम्म ४ हजार ५५ को मृत्यु भइसकेको छ। यसअघि अमेरिकामा ५ मिनेटमै कोरोना परीक्षणको नतिजा दिने प्रविधिलाई पनि सरकारले स्वीकृति दिएको थियो।

एबोट ल्याबेरोटोरीले उक्त प्रविधिको निर्माण गरेको थियो। जसको अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रशंसा गरेका थिए। द सन एबोट ल्याबेरोटोरीले निर्माण गरेको किट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।