पूर्वराजालाई पत्रकार बानियाँको चिठी,- चौरासी व्य,ञ्जन न,पचेर भुँडी फु,ट्ने नेताभन्दा तपाइँ प्यारो लाग्न थाल्यो

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) सं,क्रमण हुन नदिन सरकारले ९ दिनदेखि ल,कडाउन लगाएको छ । हालसम्मको निर्णयअनुसार लकडाउन चैत २५ सम्म रहनेछ ।

नेपालमा हालसम्म पाँच जना सं,क्रमण देखिएको छ । थप सं,क्रमित नहुन् र सं,क्रमण नफैलियोस् भनेर सरकारले विभिन्न उपाय अपनाइरहेको छ । कोरोनाभाइरस सं,क्रमण नि,यन्त्रण तथा सं,क्रमितको उपचार गर्न भन्दै कोष बनाएको छ । सो कोषमा मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत दुई करोड जम्मा गर्ने बताए । जसको चर्चा मंगलबारदेखि नै सामाजिक सञ्जालमा भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले दुई करोड कोषलाई प्रदान गर्ने घो,षणा गरेपछि एभिन्युज टेलिभिजनका कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँले पूर्वराजालाई सम्बोधन गरेर खुलापत्र लेखेका छन् । सामाजिक फेसबुकमार्फत उनले पूर्वराजा ज्ञानेन्द्रलाई सम्बोधन गरेर लेखेको खुलापत्र जस्तोको तस्तै :

पुर्ब राजा ज्ञानेन्द्र शाहलाई मेरो चिठठी
पुर्ब महाराज तपाईं र मेरो निवास नजिकै छ तर भेट हुँदैन। म कहिले काहीं घरको छतबाट तपाईंलाई देख्छु र के छ हालखबर भनेर सोध्नुपर्ला भनेर छतमा उक्लिन्छु पनि ।तपाईले मलाई टीभीमा देखेर चिन्नु भाकै छ होला भन्ने भ्रममा छु । मैले त २००७ सालदेखिको इतिहासमा तपाईलाई चिनेकै छु, मात्र तपाईले गद्दी छाडेको दिन तपाईको गद्दीमा बसेर सेल्फी खिच्ने पत्रकारको भिडमा म थिइन । मलाई तपाइको साच्चै माया लाग्छ । तपाईलाई ४ बर्षमा राजा बनाइयो, तपाईलाई थाहा नै थिएन किन बनाइयो,किन हटाइयो ?

तपाईलाई पन्चायत चलेको बेला खासै कसैले पुछेनन्,पुछ्न पनि परेन । तपाईं चुरोट,चिया लगायतको ब्यापारमा लाग्नु भो,कतिले मुर्ती पनि मिसाएर बिदेश तिर व्यापार गर्नुहुन्थ्यो भन्छन् । जब तपाईका दाजुको बंशनाश भो,तपाईं चर्चामा फेरि आउनुभो ।

कतिले दाइमारा भनेर चर्चा गरे कतिले राजा ? तपाईले देश चलाउने मौका पाउँदा मन चौधरीको जस्तो ब्यापारी,अनि इच्छा बाबू महेन्द्रको जस्तो महत्त्वकाँक्षी भएर चिप्लिनु भो । कम्तिमा दाजुको चार आना जमिन आफ्नो नाममा ल्याउने लोभ नगरी देश नै मेरो सम्पती अनि देशबासीनै मेरा सन्तान भनेको भए तात्कालिन सात दल बदामका ग्राहक हुन्थे,अनि माओवादी श्रीलंकाका तमिल । तर उद्दण्ड भनिएका पुत्र पारसको मोह धृतराष्ट्रका लागि दुर्योधन जस्तो भो ।

तर सलाम छ पुर्ब राजा, २४० बर्षको बिरासत छोड्दा पनि तपाईं हाँस्दै जानू भो । तपाईलाई यतिभन्दा फुट्दा तपाइले फुटाइदिएको र जुट्दा आफै भन्ने पुर्ब मण्डलेहरुलाई म पन्च र राजाबादी लाग्ला । अनि क्रा,न्तिकारीको नाममा जनता रु,वाउन पल्केकालाई म प्रतिगमनकारी लाग्ला । म कम्तिमा पनि तपाईको निरंकुश च,रित्रको विरु,द्ध सडकमा निस्केको सचेत नागरिक हो । भ्रममा नपर्नु होला ।

पछिल्ला दिनमा तपाईं मन्दिर डुल्दा र डिस्कोमा टोपी लाएर रास्ट्रबादी बन्दा मलाई तपाईमाथी धिक्कार लागेको थियो । नेपाली आमाले नेता र राजा जन्माउने कोख एउटै रहेछ भन्ने पनि लाग्या थियो । धेरै हिजोका हात्तीछाप आजका बेन्ट्ले नेता र तपाईं उस्तै लागेको थियो । मलाई त नेताहरु जस्तै तपाईं पनि कोभिड (१९ भएर या आ,शन्कामा आइसोलेसनमा बसेकाले अनुहार देख्न नपाइएको होला जस्तो पनि लाग्या थियो ।

तर पुर्ब राजा, बीपी प्रजातन्त्रका घाती थिए भन्छन्,मलाई थाहा छैन । उनलाई इन्दिरा गान्धीले घोक्राउने भएसी राजासङ्ग घाँटी जोडिएको छ भनेर ३३ सालमा नेपाल आएका हुन् तर उनले राजा कम्तिमा नि रास्ट्रलाई माया गर्छन् भनेका थिए । हो रहेछ ।

पृय पुर्ब राजा, हिजै ब्यापारीबाट राजा बन्देको भए हामीलाई यस्तो नेता धनी र जनता गरिब हुने गणतन्त्र चाहिएको नै थिएन । हामीलाई एउटा राजाको ठाउँमा रजौटा चाहिएको नै थिएन । हामी यी दर्जनौलाई अर्बौं दिनु सट्टा तपाईलाई खुशी खुसी महिनाको चार करोड दिन्थ्यौ । आज तपाईले कोरोनाले रोइरहेका गरिबलाई २ करोड दिने भनेर फेरि नेता भन्दा माथी हुनु भाको छ। मलाई मैले भात खुवाएको आज भुजा खाने, हिजो चप्पलको तुना फेर्ने आज बतननै फेर्ने, हिजो जनै नलगाउने आज हिराको हार लगाउने,हिजो हिड्दा खुट्टा फुट्ने आज ८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पुर्ब राजा ।

उहीँ तपाईको भलो चाहने, रास्ट्रबादी – बालाजु, माछापोखरी । २०७६ चैत्र १८ रोज ३ शुभम्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖