राष्ट्रियसभा बैठक: बिरुवा संरक्षण विधेयक पारित

काठमाडौँ, जेठ २५ गते । राष्ट्रियसभाको आजको बैठकले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले प्रधानमन्त्रीका तर्फबाट कृषिमन्त्री भुसालले राखेको ‘तथ्याङ्क विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकोे छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी राखेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५÷०७६’ तथा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖