विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न समितिको निर्देशन

काठमाडौँ, जेठ २७ गते । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले अतिविपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर उनीहरूको सिकाइको निरन्तरता सुनिश्चित गर्न तथा फरक क्षमताका विद्यार्थीका लािग विशेष व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयललाई निर्देशन दिएको छ ।

समितिले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमनको व्यवस्था मिलाउन तथा सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्तिलाई तालिमको व्यवस्था गर्न आर्थिक स्रोतको सुनिश्चितताका निम्ति आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।

सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था, पठनपाठन सिकाइमा सामुदायिक र निजी विद्यालयबीच एकरुपता कायम गर्न सुझाउँदै बाल विकासमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई भनेको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।