राष्ट्रपतिको पक्षपाती भूमिकाले निष्पक्ष संस्थाको महत्व बढ्यो – राप्रपा अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत रहेकोले दलभन्दा माथि रहने राष्ट्राध्यक्षको महत्व र सान्दर्भिकता उजागर भएको धारणा राख्नु भएको छ ।

‘कार्यकारिणी र राष्ट्रपति बीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निसन्देह सुःखद छैन। दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनु पर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो दाबी सही ठहरेको छ,’ अध्यक्ष राणाले शुक्रबार विज्ञप्ती जारी गर्दै भन्नु भएको छ ।

‘घटनाक्रमले निष्पक्ष संस्थाको महत्व, आवश्यक्ता र बहसको सान्दर्भिकता पुनः उजागर भएको छ,’ उहाँले भन्नुभयो । विकसित घटनाक्रममा टिप्पणी गर्दै राणाले अगाडि भन्नुभयो, ‘संसद अधिवेशन हठात अन्त्य भएसँगै राष्ट्रपतिको पक्षपाती भूमिका सर्वत्र आलोचित छ । संविधानको परिकल्पना विपरीत दलीय र गुटगत राजनीतिक साँठगाँठ पटक–पटक देखा परेको आमसत्य हो ।’

अध्यक्ष राणाले अधिवेशन अन्त्य प्रकरणबाट राष्ट्रपतिको गरिमा, निष्पक्षतामा पुनः प्रश्न उठेको भन्दै यस्मा व्यक्तिगत लहड निर्णायक देखिएको बताउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖