साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा

रसुवा ।  पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे–स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई राजमार्ग आवरुद्ध भएको थियो ।

राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।ती कन्टेनरमा स्याउ रहेका छन् ।

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।