धनकुटाको किबी फलबाट बनेको ‘प्रिन्सेस वाइन’ लकडाउनकै बीच बजारमा !

इटहरी । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस वाइन’ बजारमा आउँने भएको छ । धनकुटाको किबी फलबाट उत्पादन भएको वाईन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको हो ।

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले भने । केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको छ ।

उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको बास्तोला बताउँछन । लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिईनौ उनले भने । हामी अब केहि दिनमै वाईन बजारमा लौजादै छौ उनले भने । नेपाली युवा युवतीलाई लक्षित गरि उत्पादन गरेको वाईन अन्य वाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ ।

किबी र धनकुटामै उत्पादन भएको फलफूल बाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपाल सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ । नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लौजाने तयारीमा छौ उनले भने ।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन ।रातो र सेतो वाईन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए । हाम्रो वाईन नेपाली युवा यवतीले मात्र नभई विदेशीले पनि मन पराउँछ उनी भन्छन् । https://mostbet-games.net/pt-br/

पहाडी क्षेत्रमाम उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाईनको बजारमा लौजाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ । लकडाउनको कारण उत्पादन भएको वाईन बजार सम्म पुर्याउन केहि ढिला भएको भन्दै तत्काल बजार लौजाने तयारी गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।