बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन पुस ५ सम्म थपियो

बैतडी/बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।”

आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि मङ्सिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन् । साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन् ।

औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुने छन् । डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖