१०३ वर्षीया छत्रमायाले पाइन नागरिकता

नवीनबाबु अधिकारी,सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका १३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छन् । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।

उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरेका हुन् । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहँुदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएका हुन् ।

राष्ट्रिय समाचार समिति (रासस) बाट गत मङ्सीर २२ गते ‘सय वर्ष पार गर्दा पनि छैन नागरिकता’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेकोे जानकारी दिए ।

“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ ।” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मिएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।” नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित हुनुभएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ ।

पाँच वर्षअघि छत्रमायाका श्रीमान्को निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएका बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖