‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने नाराका साथ वाग्मती सफाइको ३९७औँ हप्तामा पशुपति र शङ्खमूलमा सफाइ

काठमाडौं/‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ३९७औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो ।

आर्यघाट एवं भष्मेश्वरघाट क्षेत्रमा भएको सफाइमा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली, अभियानकर्मी गङ्गा पुरी लगायतको सक्रियता थियो । घाट क्षेत्रको नदी किनारका दायाँबायाँ फोहर भेटिएको महाअभियानले जनाएको छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरियो । त्यस क्षेत्रको सडकमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको उनले जानकारी दिइन् । सफाइमा हनुमान टोल सुधार समितिलगायत स्थानीयवासीको सक्रियता थियो ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताइन् । सफाइपछि यही पुस २५ गते ४००औँ हप्ताका अवसरमा वाग्मती किनारमा बगैँचा निर्माणको शिलान्यास गर्न उपयुक्त स्थान खोजी गर्ने विषयमा समेत छलफल गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिलाई उपयक्त स्थानका लागि पहल गरिदिन पनि सफाइ महाअभियानका तर्फबाट अनुरोध गरिएको छ ।

विष्णुमती सफाइ अभियानको ३२६औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं १७ खुसीबु क्षेत्रम सफाइ गरिएको छ । शोभाभगवती मन्दिरबाट स्वयम्भूतिर भएको सफाइमा जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको थियो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, पातञ्जल योग समिति वाग्मती लगायत संस्थाका गरी ५० जनाभन्दा बढीको उपस्थिति रहेको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको १९६औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडिबुटी पुल छेउको कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिए । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, चक्रपथको उत्तरी र पश्चिभी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानलगायत देशभर गरी १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

कोरोना महामारीबाट सुरक्षित रहन गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि भने नदी किनारका अभियानकर्मी मात्र नदीमा गएर सफाइ गरिँदै आएको छ । अरु अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा सफाइ गर्ने गरेको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।