आगोमा जलेर बैतडीकी आज एक बालिकाको मृ त्यू
बैतडी /आगोमा जलेर बैतडीकी आज एक बालिकाको मृ त्यू भएको छ । जिल्लाको सिगास गाउँपालिका ३ साउनखेतकी २ वर्षकी रेखा साउदको जलेर मृ त्यू भएको हो ।
रेखाकै ४ वर्षका दाजु दिपेश साउदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही स्थानमा जलेर बालिकाको मृ त्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज दिउँसो ४ बजे तिर दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ ।
खरको कुन्युमा लागेको आ गोको कारण घरमा समेत समान्य क्षति पुगेको छ । आगो स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


