‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’

बागलुङ । खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्नीहरु बिहान ढल्केपछि घर आइपुग्थे ।

पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन अबेला र उमेरकालाई काममा जाने हतारो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिलालाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो । खानेपानी मुहानको अभाव रहेको नारायणस्थानमा विगत लामो समयसम्म पानीको समस्या भोग्यो । बढ्दो जनसङ्ख्या र बसाइँसराइँसमेत बस्ती विकास भइरहेको नारायणस्थानमा अब भने खानेपानी समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् ।

नारायणस्थानकी तिलकुमारी बराईलीले पानी भर्न पँधेरो पुगेर फर्किदा सासूले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झछिन् । “बाटो हिँड्नेले खाने पानी पाउँदैनथे, लाइन बसेर ल्याएको पानी सबैलाई दिन पनि नसकिने”, उनले भनीन्, “पानीकै लागि धेरै समय बिताइयो ।” अहिले नारायणस्थानका घर–घरमा पानीका धारा पुगेका छन् । खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायणस्थानमा अहिले घर–घरमा आफ्नै धारा छन् । भान्छाकोठा र गोठमासमेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् ।

साना नातीनातीनालाई पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उनले बताइन् । नारायणस्थनामा बागलुङ नगरपालिका–१३ पैञ्यूपाटाको धारापानी, वडा नं १२ अमलाचौरको धापेखोलाबाट केही वर्ष पहिले पानी आएको हो । दर्जनौं घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे उनीहरु । अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर दुई किलोमिटरमाथि नारायणस्थानको शिरमा पु¥याइएको छ ।

जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठूलो लिफ्टिङ प्रविधिको आयोजना हो, नारायणस्थान खानेपानी संस्थाले सम्पन्न गरेको आयोजना । प्रतिसेकेण्ड आठ लिटर पानी दिनमा आठ घण्टा तानेर नारायणस्थानका घरघरमा चौबिसै घण्टा पानी पु¥याइएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

“पहिले प्रतिसकेण्ड ६ लिटर पानी थियो, अहिले १४ लिटरभन्दा माथि हुन्छ”, उनले भने, “आठ घण्टा मात्रै कालीगण्डकी किनारको पानी तान्दा सबैधारामा दिनभर पानी बाड्न पुग्छ ।” नारायणस्थानका ७९७ घरमा धारा पुगेका छन् । ६० घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् ।

‘लागेको हिसाब दिनु प¥यो, पानी जति पनि छ’ तिलकुमारीले भनीन्, “पहिले खानेपानी पुगेको थिएन्, अहिले तरकारी लगाउन पनि पुगेको छ, ।” खानेपानी संस्थाको धारा जोड्न १५ हजार रुपैयाँ लाग्छ । विपन्न परिवारका लागि पाँच हजारमा घरघरमा धारा जोड्ने व्यवस्था रहेको खत्रीले बताए् ।

घरघरमा धारा पुगेपछि अहिले स्थानीयवासीको दैनिकी फेरिएको छ । सुख्खा माटोका डल्ला पल्टिने नारायणस्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायणप्रसाद श्रेष्ठले बताए । बटुवाले पानी नपाउने ठाउँ भनेर चिनिने नारायणस्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउनसमेत पुग्नेगरी पानी रहेको उनले बताए ।

नारायणस्थानमा भैरहेको बस्ती विकासलाई समेत ध्यानमा राखेर नारायणस्थानमा पानीको प्रबन्ध भएको छ । “कालीगण्डकी किनारका मुहान सङ्कलन गरेर ल्याइएको पानी हामीले चौविसै घण्टा तान्न सक्छौं”, वडाध्यक्षसमेत रहका खत्रीले भने, “जनसङ्ख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न ।”

पछिल्लो पटक कालीगण्डकीको किनारका मुहान सङ्कलन गरेर लिफ्टीङ प्रविधिमार्फत पानी माथी पु¥याउन रु दश करोड खर्चिएको हो । नेपाल सरकारको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत साझेदारीमा गत चैतमा योजना सम्पन्न भएपछि नारायणस्थानमा पानीको अभाव टरेको हो ।-File photo

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।