हिउँ परेपछि हुम्लीमा खुशीयाली

सिमकोट, १२ माघ । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।

हिउँबिना हुम्लीको जीवन चल्दैन । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुशी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ ।

सिमकोट गाउँपालिका–५ की बदुमा रावत भन्छन्, ‘हिउँ पर्नु हाम्रा लागि शुभ संकेत पनि हो ।’ हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासंघ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकाया बताउँछन् । पहिला–पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो । जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् । भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो ।

पुुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुशी छाएको छ । सिमकोट गाउँपालिका–३ का ज्येष्ठ नागरिक छिरिङ लामाले भने, ‘समयमै हिउँ प¥यो । अब खेती राम्रो हुन्छ ।’ समयमै हिउँ नपर्दा विभिन्न प्रकारको रोगव्याधि पनि फैलिन्छ । हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।