चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा, १३ माघ । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट चार जोडी विजेता बनेका छन् ।

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो । देशभरिबाट करिब पाँच सय जनाले कपल बञ्जी च्यालेन्ज स्वीकार गरी सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण बन्द बञ्जी असोज १९ देखि सञ्चालनमा आएको हो । विशेषगरी आन्तरिक पर्यटकको रोजाइँमा बञ्जी परेको छ भने जोडीको आर्कषण पनि बढिरहेको छ । हामीले यसैलाई मध्यनजर गर्दै कपल बञ्जी च्यालेन्जका लागि देशभरीबाट आह्वान गरेका थियांै ।” उहाँले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर पाँच सय जनाले सहभागिता जनाएको र लक्की ड्र मार्फत् चार जना विजेता हुन सफल भएको बताउनुभयो । हाइग्राउण्ड बञ्जी नेपालको पहिलो टावर बञ्जी र एशियामा पहिलो व्यवसायिक टेन्डम भएको उहाँको भनाइ छ ।

लक्की ड्र बाट काठमाडौँका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडाँैंका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन् ।

सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सुस्ताएको पर्यटनलाई उकास्न एउटा आधार भनेकै आन्तरिक पर्यटक हो, पोखरा साहसिक खेलको शहर पनि भएकाले यहाँँ एडभेन्चर्स स्पोटर्स टुरिज्मको पनि प्रशस्त सम्भावना छ, यसलाई प्रवद्र्धन गर्न पर्यटक लक्षित कार्यक्रम गर्नुपर्छ ।” उहाँले यस्ता पर्यटक लक्षित कार्यक्रमले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले पोखरामा साहसिक गतिविधि धेरै रहेकाले साहसिक खेलमा रुची राख्नेका लागि पनि पोखरा उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । ‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको छ ।

प्रवन्धक महर्जनका अनुसार विजेताले पोखरा लेकसाइडको तीन तारे होटलमा एक रातको खाना र बस्नको सुविधा र टेण्डम बञ्जीको उपहार प्राप्त गरेका छन् । त्यसैगरी फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा पनि कम्पनीले माघ १४ गतेदेखिनै ‘गिभ अ वे’ कार्यक्रम शुरु गरेको र त्यसको नतिजा फेब्रुअरी १० मा तीन जना विजेता छानिने कम्पनीले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖