गायक लामाद्वारा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण

चितवन, १६ माघ । लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्नुभएको छ ।

लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गर्नुभएको हो । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमान्को मृत्यु भएपछि मधु र उहाँका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आउनुभएको थियो । उहाँहरुको दयनीय अवस्था देखेपछि गायक लामाले रु छ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिनुभएको हो । उहाँले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गर्नुभएको छ ।

विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताउनुभयो । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गर्नुभएको थियो । ‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गर्नुभएका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसक्नुभएको सापकोटाले जानकारी दिनुभयो । लामा रत्ननगरका स्थायी बासिन्दा हुनुहुन्छ । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्नुहुन्छ ।

मानव सेवा घरलाई पाँचखाल नगरपालिकाको सहयोग

बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले धुलिखेल नगरपालिका–४ स्थित बाँसघारीमा रहेको मानव सेवा घरलाई १० थान ब्ल्याङ्केट उपलब्ध गराउनुका साथै रु दुई लाख नगद सहयोग गर्ने भएको छ ।

जाडोको समयमा समस्यामा रहेका उहाँहरुलाई सो सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । सडकमा बेवारिसे अवस्थामा रहेको मानवलाई उद्धार गरी सेवा घरमा आश्रय दिएर सेवा गर्दै आएको सो संस्थालाई जिल्लाका विभिन्न पालिकाले यसअघि पनि सहयोग गर्दै आएका छन् । त्यस्तै सेवा घरको अवलोकन गर्नुभएपछि पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नगरको तर्फबाट ब्ल्याङ्केट हस्तान्तरणसहित रु दुई लाख नगद उपलब्ध गराउने घोषणा गर्नुभएको हो । नगरप्रमुख खरेलले मानव सेवा घरमा रहेका वृद्धवृद्धा तथा बालबालिकाका लागि व्यक्तिगतरूपमा कपडा सङ्कलन गरेर वितरण गर्नेसमेत बताउनुभएको छ ।

यसैबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईँले नगद रु पाँच हजार तथा लेखापाल सुशीला पाठकले रु एक हजार ५०० सहयोग गर्नुभएको छ । सेवा घरमा बालबालिका र वृद्धवृद्धा गरी ३५ जना रहेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।