गड्डाचौकीमा रहेको हेल्थ डेस्क व्यवस्थित बनाइयो

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ। भीमदत्त नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र स्वास्थ्य सेवा विभाग इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाको साझेदारीमा डेस्कलाई व्यवस्थित बनाएको हो।

कोराना महामारी फैलिएपछि गत वर्ष फागुनदेखि गड्डाचौकीस्थित राजमार्ग छेउमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई स्थायी रुपमा सञ्चालनमा ल्याउने गरी दुई शै्यया र उपकरण थप गरिएका छन्। स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको सङ्ख्या बढाइएको छ।

कोरोना महामारीलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई आगामी दिनमा पनि महामारीजन्य रोग भित्रिन नदिन स्वास्थ्य जाँच केन्द्र बनाउने गरी व्यवस्थित गरिएको बताइएको छ। इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले कोरोना महामारीका लागि सञ्चालनमा ल्याइएका हेल्थ डेस्कलाई आगामी दिनमा अन्य महामारी भित्रिन नदिने गरी सृदृढीकरण गर्न लागिएको बताए।

सुदूरपश्चिम प्रदेशमा गड्डाचौकी र गौरीफन्टा नाकामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा हेल्थ डेस्कलाई सृदृढीकरण गरिएको उनले जानकारी दिए। देशभरका १३ स्थानका हेल्थ डेस्कलाई व्यवस्थित गर्ने योजना रहेको बताइएको छ। हेल्थ डेस्कमा अस्थायी दरबन्दी सिर्जना गरी मेडिकल अफिसरलगायत जनशक्ति पूर्ति गर्न पनि बजेट विनियोजन गरिएको जनस्वास्थय अधिकृत नेपालीले बताए।

कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले जनशक्ति थप गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो। एक वर्षमा एक लाख ५० हजार व्यक्तिको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ। नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन गड्डाचौकीसहित झोलुङ्ग पुल र ब्रह्मदेवमा पनि अस्थायी रुपमा डेस्क सञ्चालनमा ल्याएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।