बाढीपहिरो पीडितको बिचल्ली

कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।

बाढीपहिरोका कारणले घरबारबिहीन भएका २०६ घरपरिवारका एक हजार १२८ अहिले पनि जङ्गलको बीचमा बस्नु पर्दा उनीहरुलाई खान र बस्नमा कठिनाई रहेको वडा नं ७ का धनबहादुर बटालाले बताए । चिसो मौसममा त्रिपाल टाँगेर जङ्गलमा नै बस्दा बालबच्चा र बुढाबुढीलाई अझ बढी समस्या रहेको वडा नं ४ का नवराज बुढाले जानकारी दिए ।

‘‘चिसो मौसममा जङ्गलको बीचमा बस्दा समस्या भएको छ ।’’ बाढीपहिरोका कारणले विस्थापित भएलाई पुनःस्थापनामा कसैले ध्यान नदिएको स्थानीयवासी धनसरा बुढाले बताए, “हामी बिचल्ली भएर जङ्गलको बीचमा बस्दै आएका छौं” उनले भने ,“तर, पनि पुनःस्थापना र बस्ती बसाल्ने कुरामा कसैले ध्यान दिएको छैन् ।”

गाउँपालिका बाढीपीडितको घर रहेको गाउँ नै जोखिममा रहेको कारणले सम्भावित बस्ती बसाल्नका लागि प्रारम्भिक अध्यायन गरिएको जिल्ला नापी कार्यालयका अमिन पुनम विश्वकर्माले बताए। ‘‘बस्ती बसाल्नका हामीले जग्गाका अवस्थाका विषयमा प्रारम्भिक अध्यायन गरेका छौँ’’ उनले भने ।

अहिले बाढीपीडित बसिरहेको क्षेत्र जङ्गल रहेको त्यहाँ बस्ती बसाल्ने हो भने ठूलो मात्रामा जङ्गल फँडानी गर्नुपर्ने अवस्था रहेको अमिन विश्वकर्माले बताउनुभयो । ‘‘पूरै बस्ती बसाल्नका लागि ८३ हजार ५२० वर्गमिटर अर्थात ८।३५२० हेक्टर जमीन आवश्यक पर्छ ।’’

बाढीपीडितलाई शुरुको अवस्थामा केही राहत दिइएको र अहिले बस्ती बसाल्नका लागि पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए । ‘‘बस्ती बसाल्न आवास निर्माणका लागि सङ्घ, र प्रदेश सरकारसँग आग्रह गरिएको छ’’ उनले भने । प्रदेश सरकारले बस्ती निर्माणका लागि रु एक करोड ७० लाख दिने भने पनि अहिलेसम्म रकम नआएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।