किशोरी मृ’त फेला, ह’त्याको आ’ङ्शका

बैतडी, २३ माघ । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृ त भेटिएकी छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृ तावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृ तकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव ह त्या गरी फालिएको अवस्थामा फेला परेको छ । उहाँले भन्नुभयो, “मृ तकको शरीरभरि नि लडाम र घा उ रहेका छन्, कपडा पनि च्या तिएको अवस्थामा छन् ।” ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उहाँले भन्नुभयो, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक का रवाही हुनुपर्छ ।”

घटनास्थलकै प्रकृति हेर्दा श ङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीच जङ्गलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला”, घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

घटनालाई ग म्भीररूपमा लिएको र दो षीलाई कानूनी कठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “किशोरीको कसले किन ह त्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन ।” घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कु कुरसमेत मगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖