घरबाटै बे’पत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान, २३ माघ । आफ्नै आँगनबाट बे’पत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बे’पत्ता भएको थिए ।

बालक घरबाटै बे’पत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।

बालक बे’पत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अ’पहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ । “हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो”, प्रहरी उपरीक्षक भण्डारीले भन्नुभयो, “अब घटनाको अनुसन्धान गरी बालकको अ’पहरण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।” अ’पहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने उहाँको भनाइ थियो ।

होटल र रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण

पस्किने खानामा स्वच्छता, गुणस्तरीयता र सफा बनाउने उद्देश्यले सिरहाका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजद्वारा बिहीबार सिरहाको मिर्चैयामा आयोजित खाद्य स्वच्छतासम्बन्धी एकदिने तालिममा सिरहाका करिब ३० जना होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकको सहभागिता थियो ।

तालिममा होटल, रेष्टुरेन्ट तथा क्यान्टिनमा पस्किने खाना र खाजामा स्वच्छता, गुणस्तरीयता ल्याउने विधिबारे कार्यपत्र प्रस्तुत गर्नुहुँदै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेशकुमार सिंहले होटल तथा रेष्टुरेन्टको प्रतिस्पर्धा खाद्य स्वच्छता र गुणस्तरीतामा हुनुपर्ने बताउनुभयो ।

उहाँले खाद्य स्वच्छताका लागि होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने रसायन, भाँडाकुडा, शौचालय, झ्यालढोका, भान्सा, खाना खुवाउने ठाउँ, कच्चा तथा तयारी खानेकुराका लागि छुट्टाछुटै ठाउँ, पानीको भण्डारण तथा प्रशोधन प्रक्रिया, हातधुने नियम, खानेकुराको देखभाल वा प्रबन्ध, खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरण सफा हुनुपर्ने जानकारी दिनुभयो ।

्तालिममा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ताले खाद्य स्वच्छताका लागि सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिनुहुँदै नियमित बजार अनुगमनसँगै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रिय उपभोक्त मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका महासचिव भरत महासेठले होटल र रेष्टुरेन्टले खाद्य स्वच्छतामा ध्यान दिन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताउनुभयो ।

यसैबीच माघ २९ गतेदेखि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्टको स्तरोन्नतिका लागि स्टीकर (लोगो) टाँस्ने कार्य शुरु गरिने भएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिने प्रमुख सिंहको भनाइ छ । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अति उत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।