बत्ती काटिन्छ दिएकै समयमा तर दिइएको समयमा किन आउंदैन ?

धनकुटा । हिजो प्राधिकरणले फेसबुकमै आधिकारिक रुपमा सुचना जारी गरेको थियो आज बिहान ८ बजेबाट अपरान्ह ४ बजे सम्म सम्म बिद्युत आपूर्ति बन्द हुने भनेर ।

अहिले लेख्दै गर्दा बेलुकाको ६ बजे अर्थात सॉंझ परिसकेको अवस्था छ तर बिद्युत अझै सुचारु भएको छैन । हुनत यो कटौटी धनकुटामा मात्र नभएर प्रदेश १ र प्रदेश ५ गरि नेपाल भरिमा जम्मै २ प्रदेशमा कटौटी गरिएको हो ।

भनेको समयमा बत्ती दिन सक्दैन भने सुचना निकाल्दै समय बढाएर राख्दा के आश्चर्य होला र । सुचना अनुसार जनता ४ बजे बत्ति आउंछ भनेर पर्खेर बसे तर ६ बजि सक्दा नि छैन,निराश हुनु सिवाय अरु हामी निमुखाले गर्न सक्ने अरु केही पनि होइन ।

प्राधिकरण र सरकारले बिज्ञाप्ति नै निकालेर लोड सेडिंग छैन भन्दै आएपनि दैनिक जस्तो पटक पटक बत्तीमा अवरोध आउनु त्यसकै ज्वालन्त उदाहरण हो ।

कुलमान मात्रै फेरिए तर अधिकॉंश इन्जिनियर,काम गर्ने प्राविधिक र अन्य सबै उही नै छन् अपवादमा सरकारको नियम अनुसार केही परिवर्तन भए होलान् तर कुलमान आउनु अगाडीको त्यो लोड सेडिंगको टेबल अब आधिकारिक रुपमा मिडियामा आउन मात्रै बॉंकी हो की भनेर जनताहरुले शंका गर्नु पर्ने नैतिक जिम्मेवारीबाट कतिन्ज्ल पन्छिने ?

शनिबारको दिन गजबको काइदा छ न प्राधिकरणमा फोन गरेर बुझ्न नै सकिन्छ न कसैलाई । जनतालाई दु:ख दिने यो भन्दा राम्रो मौका र समय त हुनै सक्दैन ।

अहिले ठ्याक्कै बेलुकाको ६ बजेर ४ मिनेट गएको छ,बिद्युत प्राधिकरण धनकुटाका इन्जिनियर सन्जीव श्रीरम्तेल संग बुझ्न खोज्दा धनकुटामा भर्खरै आएको र अबको ५ मिनेट भित्र लोड हेरि बिद्युत आपुर्ति सुचारु गरिने बताउनु भयो । इ रम्तेलका अनुसार तलैबाट केही समस्या आएकोले प्रकाशित सुचनाको समयमा बत्ती सुचारु हुन सकेन ।

हामी निरीह जनता न सरकारलाई भन्न सक्ने हैसियत राख्छौं ,मात्र मुकदर्शक भएर बत्ती कहिले आउने होला भन्दै पर्खेर बस्ने सिवाय अरु उपाय नै पनि के पो छ र । न उपाय न विकल्प गजबको छ जिन्दगी ।-मोहन राई”परदेशी”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।