४२ वर्षपछि फेवातालको बाँध मर्मत

पोखरा, २५ माघ । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो ।

शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिर्माण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँधमर्मत सम्भार हुन नसक्दा जीर्ण हुँदै गएकोले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मर्मत गर्न लागेको हो । कार्यलय प्रमुख किरण आचार्यले भन्नुभयो, “२०३५ सालमा बाँधको संरचना निर्माणपछि हालसम्म ठूलो किसिमको मर्मत भएको थिएन, पहिला सङ्घले हेर्ने कार्यक्रम प्रदेश मातहतमा आएपछि यसप्रति चासो दिएर मर्मत गर्न लागिएको हो ।”

उहाँका अनुसार ताल सिँचाइ प्रणालीका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । एक करोड बाँध निर्माणको लागि र एक करोड नहरका लागि समुद्र सतहदेखि सात सय ९५।७ मिटरको उचाइमा रहेको बाँधको संरचना २० मिटर उचाइको छ । उक्त बाँधमा अहिले रबर सिल्ड र लन्चिङ एप्रोन राखेर मर्मत गरिनेछ ।

बाँध मर्मतको लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उहाँको भनाइ छ ।

पानी घटेपछि म रे माछा

बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा म रेको जलारी समुदायले गुनासो गरेका छन् । हर्पन फेवा मत्स्त्य सहकारीका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलारीले समयमा सही सूचना नपाउँदा पिँजडामा पालेका माछा म रेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीलाई जानकारी नदिइ बाँध निर्माण शुरु भयो, डेढ दुई मिटर पानीको सतह घट्यो । यसले माछाको बासस्थानलाई असर पा¥यो ।” उहाँका अनुसार खपौँदीमा ९२ जलारी परिवारले जीविको पार्जन गर्दै आएका छन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖