गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका कर्मचारी र सहयोग गर्नेहरुलाई अभिनन्दन
धनकुटा,माघ २६ । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाका उद्योगी,व्यावसायीहरुलाई सहयोग गरेकोमा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका कर्मचारी र सहयोग गर्ने महानुभावहरुलाई अभिनन्दन गरेको छ ।
जिल्लाको धनकुटा,हिले,सिधुवा र पाख्रिवास बजारका व्यापारी,व्यवसायी र उद्योगीहरुको घर आगनमानै धनकुटा उद्योग बाणिज्य संघद्धारा आयोजित डोर मुकाम कार्यक्रममा सहभागी भै महत्वपूर्ण सहयोग गर्नु भएको भन्दै नाप तौलको गुणस्तर तथा नाप तौल विराटनगरका निरिक्षक तथा टोली प्रमुख संजिव कुमार ठाकुर,साहयक निरिक्षकहरु टेक वहादुर थापा, प्रमोद कुमार यादव र कर्मचारी जितेन्द्र चौधरीलाई अभिनन्दन गरिएको हो ।
उहाँहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु अम्विका धमला,रेजिना पालिखे,उज्वल कर्माचार्यले खादा ,अविर तथा टिका लगाई सम्मझनाको लागि धनकुटाको चिनो समेत प्रदान गरी अभिन्नदन गरेका थिए । धनकुटाकै हिलेमा संघका अध्यक्ष राईले धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,पूर्व उपाध्यक्ष रुकमान तामाङ्ग र समाजसेवी शम्सेर गोङ्वालाई खादा लगाई सम्मान गर्नु भएको थियो ।
संघले गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा धनकुटाको पाख्रिवास,हिले,सिधुवा र धनकुटा बजारमा तीन दिन सम्म संचालन गरेको नाप तौल डोर मुकामका कार्यक्रम अन्र्तगत यहाँका ४ सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिइएको र ३ सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सचि प्रधानले वताउनु भयो ।


