नमूना कृषि फर्म स्थापना
धनकुटा । कृषि विकास निर्देशनालय विराटनगरको सहयोगमा धनकुटा नगरपालिका ३ तामाङ टोलका लाखमान तामाङले नमूना कृषि फर्म स्थापना गर्नुभएको छ ।
कृषि विकास निर्देशनालयको १४ लाख ७९ हजार २ सय २५ र तामाङको ५ लाख २५ हजार ३ सय ९५ सहित जम्मा २० लाख ४ हजार ६ सय २० रुपयाँ लागतमा उहाँले फर्म स्थापना गर्नुभएको हो ।
उल्लेखित लागतमा ग्रनि हाउस निर्माण सहित थाङग्रा क्लिप,थाङग्रा दिने डोरी,मल्चिङ होलर,व्याट्रीवाल १६ लिटर स्प्रे,टनेल भित्र राख्ने हाई एग्रो मिटर,नर्सरी ट्रे,केट,डिजिटल तराजु,मिनि विडर खरिद गरेको आज एक कार्यक्रमको आयोजना गरि तामाङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, १ नं वडाध्यक्ष निरेन तामाङ लगायत सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरुको उपस्थिती थियो ।


