श्रेष्ठको १० औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम
धनकुटा । धनकुटाका समाजसेवी तथा नेपाली कांग्रेसधनकुटाका अग्रज स्व ईश्वर वहादुर श्रेष्ठ १० औं दिनको पुण्य तिथिको अवसरमा आजको नेपाली कांग्रेस धनकुटाले धनकुटामा श्रद्धाञ्जली कार्यक्रमको आयोाजना गरेको छ ।

कार्यक्रममा प्रदेश सभाका सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाली कांग्रेस धनकुटा क्षेत्रिय कोषाध्यक्ष निरुपा राई, नगर सभापति रोशन श्रेष्ठ,नेपाल महिला संघ धनकुटार्की उपाध्यक्ष अम्विका धमला, पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला सहसचिव जानुका सुन्दास, तरुण दल धनकुटका क्षेत्रिय सभापति तिलक महत, नेपाली कांग्रेस धनकुटका पूर्व जिल्ला सदस्य श्रीकृष्ण प्रधान, पूर्व वडा सभापति कृष्ण श्रेष्ठ लगायतले समाजसेवी तथा नेपाली कांग्रेस धनकुटका अग्रज स्वर्गीय ईश्वर वहादुर श्रेष्ठले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गए ।
त्यसैगरी नेपाल महिला संघ धनकुटा लगायत विभिन्न भातृ तथा सुबेच्छुक संस्थाहरु विभिन्न समाजिक संस्थाहरुले समेत समाजसेवी श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेपाली कांग्रेस धनकुटाका नेता तथा कांग्रेसको तर्फबाट धनकुटा नगरपालिमा उपमेयरका उम्मेदवार रेणु श्रेष्ठकी श्रीमान,यूवा समाजसेवीहरु तुलास श्रेष्ठ र निकि श्रेष्ठको पिता इश्वर वहादुर श्रेष्ठको गत माघ २१ गते सहमायिक निधन भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।


