१५३ सदस्यीय राष्ट्रिय यूवा संघ गठन

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा छथरजाेरपाटि गाउँपालिकामा सुक्रबार सम्पन्न यूवा संघ भेलाद्वरा १५३ सदस्यीय राष्ट्रिय यूवा संघ गठन गर्दै सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ गाउँ कमिटी छथरजाेरपाटीकाे अायाेजनामा सम्पन्न भएको भेला बाट चन्द्र लिम्बुकाे अध्यक्षतामा १५३ सदस्यीय राष्ट्रिय युवा संघ गठन गर्दै सम्पन्न भएको हाे ।

नवगठित युवा संघको उपाध्यक्षहरूमा सुनिल लिम्बू , दुर्गा बहादुर दर्लामि, प्रदिप अाेझा रहेका छन् । सचिवमा माेहाेन कार्की ,सहसचिव कमल विष्ट , काेषाअध्क्षमा ईन्द्रकुमारी लिम्बू लगायत गरि १५३ सदस्य युवा संघ गठन गरेको नेकपा गाउँ कमिटी छथरजाेरपाटी धनकुटाले जानकारी दिएको छ ।

कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाको ६ वटै वडाका युवाहरूको उपस्थित रहेकाे थियोे । कार्यक्रमका प्रमुख अतिथी गणेश राई (उज्जवल) ले बाेल्नु हुदै केपी ओलिले नेतृत्व गरेको पार्टी बाट मात्र देश समृद्ध बन्न सक्ने र त्यस पार्टीको गौरवमय सङ्गठनमा आबद्ध युवाहरु को यो भेलाले अब सिङो छ्थर जोरपाटी को युवा सशक्तिकरण सम्बभ रहेको बताउनु भयो ।

युवा संघ गठन कार्यक्रममा राष्ट्रिय युवा संघ बलदिप राई ले युवाहरु अब केपी ओलि नेतृत्व को नेकपामा एकताबद्ध भइ समाज र राष्ट्र निर्माण मा अगाडि बढ्नु पर्ने बताउनु भयो ।

त्यस्तै जिल्ला कमिटी सदस्य दिबेश खड्काले युवाहरुले विकास निर्माणको काममा पहलकदमी गर्नु पर्ने र युवा लक्षित कार्यक्रम ल्याउन गाउँपालिकाला रचनात्मक दबाब दिनु पर्ने बताउनु भयो । राष्ट्रिय युवा संघ छथर जोरपाटी को औपचारिक गठन को घोषणा जिल्ला युवा संघ अध्यक्ष केशर तुम्सा ले गर्नु भएको थियो ।

नबगठित युवा संघका पदाधिकारीहरुलाई प्रदेश माननीय इन्द्रमणि पराजुली, जिल्ला कमिटी सदस्य शिव आङ्ला लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।