भागीरथी भट्टको न्यायको माग गर्दै धनकुटामा दीप प्रज्वलन
धनकुटा । धनकुटा लेडी जेसिजले भागीरथी भट्टको न्यायको माग गर्दै आज धनकुटामा दीप प्रज्वलन गरी चीर उहाँकाे अात्माकाे चीर शान्तिको कामना सहित श्रद्धाञ्जली कार्यक्रम गरेकाे छ ।

धनकुटाको शहिद भीम नारायण चौकमा भएकाे कार्यक्रममा धनकुटा लेडी जेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ,अध्यक्ष बिसिका श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा धनकुटा लेडि जेसिजका प्रथम पुरुष जेसिज श्रेष्ठ,उपाध्यक्ष बिपना श्रेष्ठ,महासचिव कला राई लगायत धनकुटा लेडि जेसिजका पदाधिकारी र सदस्यहरुको पनि सहभागीता थियो । कार्यक्रममा सहभागी सवैले भागीरथी भट्टको न्यायको माग गर्दै ब लात्कारी र ह त्यारालाई कडा का रवाहीको माग गरेका छन् ।
बैतडीकी १७ बर्षीय किशोरी भट्ट विद्यालयबाट घर फर्कने क्रममा हालै ब लात्कार ह त्या गरी जंगलमा फालिएको अवस्थामा फेला परेकी थिईन ।


