बिद्यालयका छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी सामाग्री हस्तान्तरण

धनकुटा । केयर वुमन नेपाल र विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा चौविसे गाउँपालिका वडा नं ५ स्थित वोधे प्राथमिक बिद्यालयका छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी सामाग्री आज हस्तान्तरण गरेको छ ।

देवेनारा समूह विराटनगरको सहयोगमा सामाग्री हस्तान्तरण गरिएको विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं २ का क्षेत्रिय सभापति इन्दिरा थापाले बताउनु भयो ।

विपी कोइराल सोसलिष्ट इन्टरनेशनल नेपालका केन्द्रिय अध्यक्ष इन्दिरा थापाको प्रमुख आतित्थ्यमा ती सामाग्री प्रदान गरिएको हो । वोधे प्राथमिक विधालय चौविसे ५ का ३७ जना छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी प्रदान गरिएको छ । कार्यक्रम बोधे प्राथमिक विधालयका विधालय व्यस्थापन समितिका अध्यक्ष महेन्द्र शेर्मा लिम्बुको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

यसैगरि चौविसे गाउँपालिका वडा नं ४ कुरूलेको कट्टेल गाउँमा खानेपानी व्यवस्थापन गर्नलाई सहज होस भनि खानेपानीको पाइप समेत वितरण गरिएको छ । वडा नं ४ का वडा अध्यक्ष नगेन्द्र तामाङ्ग(जीवन) मार्फत कट्टेल गाउँलाई पाईप हस्तान्तरण गरिएको विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं २ का क्षेत्रिय सभापति थापाले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहोन वान्तावा,रमेश इवाहाङ्ग,तिर्थ राई स्थानीय समाजसेवी तथा वुध्दिजीवि दूर्गा न्यौपाने लगायतकाले मन्तब्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।