भोलि धनकुटामा ७ घण्टा बत्ती काटिने
धनकुटा । भोलि शनिबार बिहान ९ बजेदेखि दिउंसो ४ बजेसम्म धनकुटा जिल्लामा पनि बिजुली कटौती हुने भएको छ ।
धनकुटा आउने लाइनको दुहबी खनार शेक्सनमा कन्डक्टर अपग्रेडिंग कार्य गरिने भएकोले सटडाउन लिइएको बिद्युत प्राधिकरण धनकुटाले फेसबुक मार्फत जानकारी दिएको छ ।
हेर्नुहोस् फेसबुक स्ट्याटस :
भोलि मिति २०७७।११। ८ गते शनिबार बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म धनकुटा आउने लाईनको दुहबि खनार सेक्सनमा कन्डक्टर अपग्रेडिङ्ग कार्य गर्न सटडाउन लिईएको जानकारी आएकोले उक्त समयमा धनकुटा जिल्लामा बिद्युत अवरूद्ध हुने ब्यहोरा जानकारीको लागि अनुरोध छ।


