याक्चानाका किसानका लागि बन्यो ३२ लाखको कुलो
नारायण कुमार राई,धनकुटा । स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा छथर जोरपाटी धनकुटाको याक्चाना बेसीका लागि साढे ३२ लाखको लागतमा सिंचाई कुलो बनेको छ ।

सिंचाईं कुलो बनेपछि ३९ घरधुरी लाभाम्बित हुने ताँखुवा ंिचाई आयोजनाका अध्यक्ष धनबहादुर भुजेलले जानकारी दिनुभयो ।
ताँखुवा खोलाबाट बनेको १२० मिटर लामो उक्त पक्की कुलोबाट याक्चाना बेंसीका २८० घरधुरी लाभाम्बित हुने भुजेलले जानकारी दिनुभयो ।
स्वीस सरकारको ४०,स्थानिय सरकारको ३०,संघिय सरकारको २० र १० प्रतिशत स्थानिय सहभागितामा उक्त कुलो सम्पन्न हुन लागेको हो ।
हाल ७० प्रतिशत काम सकिएको कुलोको कुल लागत ३२ लाख ५२ हजार ६ सय रहेको छ ।
कुलो बनेपछि उक्त क्षेत्रमा लगाईने धान,मकै,गहुं तथा नगदे बालीहरुमा सिंचाई गर्न सहयोग गुग्ने समितिका अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।


