छथर जोरपाटीको आठौ गाउँ सभा शुरु,३ वटा बिद्येयक निर्णयका लागि पेश हुंदै
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटीको आठौ गाउँ सभा सम्पन्न हुन गईरहेको छ ।

पालिका अध्यक्ष शेरबहादु लिम्बूको अध्यक्षतामा अपरान्ह सम्पन्न हुन गईरहेको गाउँ सभामा बिबिभिन्न ३ वटा ऐन संशोधन गर्न बनेका बिद्येयकहरु निर्णयका लागि पेश हुने पालिकाका प्रशासन शाखा अधिकृत नेत्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार सभामा बिनियोजन ऐन २०७७ संशोधन बिद्येयक,आर्थिक बिनियोजन ऐन २०७७ संशोधन बिद्येयक वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण ब्यबस्था सम्बन्धमा बनेको बिद्येयक पेश हुनेछन् ।
बिद्यायन समितिलृ पेश गरेको उक्त बिद्येयकहरु बहुमत तथा सर्वसमतले पारित भएर राजपत्रमा प्रकाशित भएपछि ऐनका रुपमा लागु हुनेछ ।


