प्रधानमन्त्री तस्बिर अंकित व्यानरमा जुत्ता प्रहार

धनकुटा,१० फागुन । नेपाल कम्युनिष्ट पाटी नेकपा दाहाल नेपाल समुहको अनेरास्ववियु धनकुटाले धनकुटामा प्रधानमन्त्री केपी शर्माओलीले पुष ५ गते गरेको संसद बिघठनको विरोध गर्दे आज उहाँको तस्बिर अंकित व्यानरमा जुता प्रहार गरेको छ ।

ओलीको प्रतिगमन विरुद्ध जुता प्रहार कार्यक्रम नै गरेर सदसमुकामको चुवाको बोटमा जुता प्रहार गरेको हो ।

यो पनि…

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’

वाग्मती, १० फागुन (रासस) ः वाग्मती प्रदेशले आर्थिक संवृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ । उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ । यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ ।

गत एक वर्षका अवधिमा घरेलु तथा साना उद्योग क्षेत्रमा रु २४ अर्ब १८ करोड लगानीसमेत भएको छ । सोही अवधिमा दुई हजार ३९५ उद्यमी थपिएको बताइएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योद्वारा एक वर्षको अवधिमा २४ अर्ब भन्दा बढीको लगानी भएको छ ।

विगत तीन वर्षका अवधिमा एक लाख ४० हजार २९५ साना घरेलु उद्योग दर्ता भएको मन्त्रालयको सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो । सो अवधिमा १२ हजार ३२३ नयाँ वाणिज्य फर्म पनि दर्ता पनि भएको छ ।

‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्ष्यित गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालित छ । कार्यक्रम अन्तर्गत एक हजार २९ प्रविधि हस्तान्तरण भएको उहाँले जानकारी दिनुभयो ।

चौध साझा सुविधा केन्द्र तथा २१ बजार घर तथा बहुकृषि उपज केन्द्र स्थापना भएको छ । ‘एक निर्वाचन क्षेत्र, एक उद्योगग्राम’ कार्यक्रम अन्तर्गत पाँच स्थानमा उद्योगग्राम निर्माण प्रक्रिया शुरुआत भएको छ ।

दश स्थानको वातावणीय अध्ययन सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।े सिन्धुलीको हरिहरपुरगढीमा तीन हजार ६०० रोपनी जमीनमा प्रदेश औद्यौगिक क्षेत्र निर्माण शुरुआत गरेको छ ।

शहरी क्षेत्रमा ‘एक घर, दुई बिरुवा’ र ‘सबै स्थानीय तहमा एक वडा एक बगैँचा’ अभियान कार्यक्रम अन्तर्गत शहरी क्षेत्रको सडक र नदी किनार क्षेत्रमा वृक्षरोपणसमेत गरिएको बताइएको छ । साथै उक्त मन्त्रालयले ४५ महत्वपूर्ण पदमार्गसमेत निर्माण गरेको छ ।

प्रदेशभरी करीब ४३ किलोमिटर पर्यटनमैत्री पदमार्ग निर्माण भएको बताइएको छ । हटौँडाको मयुर धापमा नयाँ औद्यौगिक क्षेत्र स्थापनाको कार्य पनि अगाडि बढाइएको हेटाँैडा औद्योथिक क्षेत्र व्यवस्थापनको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिनुभयो । उद्योग खालेर मात्र हुँदैन यसको दिगो सञ्चालन र व्यवस्थापल आवश्यक रहेको काष्ट उद्योगी रामपुकार ठाकुरले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।